संसारकै उचाइमा रहेको एटीएम मेसिन


अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन् । ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन् ।

बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम मेसिनहरु केवल शहरमा मात्र सीमित छैनन्, गाउँगाउँ तथा पहाडसमेत चढिसकेका छन् । ४ हजार ६९३ मिटर उचाइँमा रहेको एउटा एटीएम मेसिन अहिले चर्चाको विषय बनिरहेको छ ।

अनौठो त के भने त्यो ठाउँमा बिजुलीको व्यवस्था छैन, तर पनि एटीएम मेसिन चलिरहेको हुन्छ । बरु सहरका एटीएम मेसिनमा बेला बेलामा नगद सकिएको हुन्छ र ग्राहकहरु रित्तै फर्किनुपर्दछ । तर यो एटीएम मेसिनमा कहिल्यैपनि नगद रित्तिएको हुँदैन । यो एटीएम मेसिन संसारको सबैभन्दा अग्लो भागमा रहेको एटीएम हो ।

यो किर्तिमानी एटीएम चीन र पाकिस्तानको सीमामा रहेको खुन्जेरब भन्ज्याङमा रहेको छ । पाकिस्तानको हिउँले ढाकिएको पहाडी क्षेत्र गिलगिट बाल्टिस्तानमा रहेको खुन्जेरब पासमा नेसनल बैंक अफ पार्कितानले सन् २०१६ मा उक्त एटीएम स्थापना गरेको हो । उक्त पहाडी क्षेत्रमा बिजुलीको लाइन पनि छैन । त्यसैले यो एटीएम वायु तथा सौर्य उर्जाबाट चल्दछ ।

यो एटीएम मेसिनको मर्मतमा बैंकले कुनै कसर बाँकी राख्दैन । यसको सबैभन्दा नजिकको बैंकको शाखा ८२ किलोमिटर टाढा छ । त्यहाँबाट कर्मचारीहरु यो एटीएममा पैसा भर्नका लागि आइरहन्छन् । यो एटीएमसम्म पुग्नका लागि तीव्र बतास, आँधी, हिमपहिरो तथा कठीन पहाडी मार्ग छिचोल्नु पर्दछ ।

गिनिज बुकमा नाम लेखाएको यो एटीएम कार्ड पाकिस्तानी बैंकले कुनै रमाइलो तथा लडहबाजीमा नाम राख्नमात्र बनाएको होइन । पाकिस्तानी सीमा सुरक्षा फौजका राष्ट्रसेवकहरुले आफ्नो तलब त्यहीँ एटीएम बाट निकाल्दछन् । सुरक्षा फौजका अतिरिक्त केही स्थानीय मानिसहरुले पनि उक्त एटीएम मेसिनको फाइदा लिएका छन् । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment