अपहरण गरी हत्या गरेको आरोपमा तीन पक्राउ


अनमोल समाचारदाता
पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले हत्या अभियोगमा ३ जना युवालाई पक्राउ गरेको छ । असोज २६ गते गोलबजार ३ सिराह बस्ने १७ वर्षीय अंशु सदालाई अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

विराटनगर महानगरपालिका वडा नं. ११ मा अवस्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्यामा संलग्न आरोपमा धनुषा जिल्ला कमल नगरपालिका वडा नं. ६ बस्ने वर्ष १८ को राकेश ठाकुर, सोही स्थान बस्ने वर्ष १८ को विसु भन्ने प्रशान्त मण्डल र मोरङ रतुवामाई नगरपालिका वडा नं. ५ बस्ने वर्ष २६ को मनोज कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment