स्पष्टीकरण सोध्दा कोलाहल मच्चियो–थपलिया





अनमोल समाचारदाता
विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले आचारसंहिता उल्लंघन गरे टुलुटुलु हेरेर मात्र नबस्ने ठाडो चेतावनी दिएका छन् ।

शुक्रबार विराटनगरमा निर्वाचन अयोगले आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यक अभिमुखिकरण कार्यक्रममा बोल्दे थपलियाले निर्वाचन आचारसंहितालाई कडाई पार्ने बताएका छन् । आचारसंहिता उल्लघंन गर्ने दलहरुलाई स्पष्टीकरण सोध्दा उनीहरूले कोकोहोलो मच्चाएको उनले जनाए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई इंगित गर्दै उनले भने, ‘स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब ८÷१० दिन पछिको निर्णयले ठूलै भूकम्प ल्याउँछ ।’

गत स्थानीय तहको निर्वाचनमा भएको गल्ती दोहोरिन नदिन आचारसंहिता कडाइ पारिएको उनले बताए । निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको थपलियाले बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment