सहकारी संस्थाहरुका लागि ५ दिने सहकारी लेखापालन तालिम


अनमोलमणि  संवाददाता
पथरीशनिश्चरे ।
मोरङको पथरीशनिश्चरेमा नगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुका लागि ५ दिने सहकारी लेखापालन तालिमको शनिबार समापन भएको छ । 

कात्तिक १ गतेदेखि सञ्चालन भएको तालिममा ९ वटा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक र कर्मचारी गरी १८ जनाको सहभागिता रहेको थियो । 

तालिमको सभाध्यक्ष पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, प्रमुख अतिथि मेयर मोहनप्रसाद तुम्वापो, विशिष्ट अतिथि उपमेयर देवीमाया काफ्ले रहनुभएको थियो । 

पथरीशनिश्चरे नगरपालिकाको सहकारी शाखाको आयोजनामा भएको तालिमको प्रशिक्षक जिल्ला बचत तथा ऋण सहकारी संघ बेलबारीका कोषाध्यक्ष जीवन बस्नेत रहनुभएको थियो । तालिमको समापनमा प्रशिक्षक र शाखा प्रमुख केशवदेवी धमलाबाट प्रमाण–पत्र वितरण गरिएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment