हरेक व्यक्तिले आफ्नो स्वास्थ्यप्रति चनाखो हुनैपर्छ । यदि नभएमा एकदमै धेरै घाटा हुनेगरेको छ । या, भनौ स्वास्थ्यमा हेलचेक्राई गर्दाले कतिले त प्राण नै त्याग्नुपरेको अवस्था छ । तर, यहाँ स्वास्थ्यका विद्यार्थीहरुबाट मनोमानी ढंगले रकम असुलेर स्वस्थ्य क्षेत्रमा विवाद निम्त्याएका छन् ।
विराटनगरमा स्थापित विराट हेल्थ कलेजले विद्यार्थीहरूसँग मनोमानी ढंगले शुल्क असुल्ने गरेको पाइएपछि चौतर्फी विरोध हुन थालेको छ । यसबाट स्वास्थ्य जस्तो संवेनशील क्षेत्रमा खेलवाड नगर्दा नै बेस होला ।
कलेजले पीसीएल नर्सिङको १३ औं ब्याचका विद्यार्थीहरूसँग अतिरिक्त शुल्क लिएको पाइएको थियो । तीन वर्षको कोर्ष हुने पीसीएल नर्सिङ अध्ययन गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)ले ४ लाख ७५ हजार रुपैयाँ तोकेको छ । यस बाहेक कलेजले कुनै शुल्क लिन नपाउने प्रष्ट व्यवस्था भएपनि कलेजले क्यारेक्टर सर्टिफिकेटको नाममा विद्यार्थीहरूबाट ६ हजार रुपैयाँ लिने गरेको प्रमाण फेला परेपछि चौतर्फी विरोध हुन थालेको छ ।
यस्तै कलेजले क्यारेक्टर सर्टिफिकेट वापत ७ हजार ५ सय शुल्क तोकेको थियो । कोभिड महामारीका कारण सहुलियत दिएको भन्दै १५ सय रुपैयाँ छुट गरेर प्रतिविद्यार्थी ६ हजार रुपैयाँ अशुल्दै आएको पाइएको हो । एकमुस्ट ४ लाख ७५ हजार रूपैयाँ बुझाएपछि पनि अतिरिक्त शुल्क भन्दै कलेजले हामीसँग सर्टिफिकेट लिँदा ६ हजार रुपैयाँ असुलेको विद्यार्थीको भनाइ छ ।
‘सीटीईभिटीको निर्देशन अनुसार कोरोनाको समयमा भएको पढाइ अवधिमा दिनुपर्ने १५ प्रतिशत छुटको विषयमा विवाद भएको थियो’, उनले भने, ‘कलेजले विद्यार्थीलाई १५ प्रतिशत छुट वापत दिने भनेको १५ सय कटाएर थप ६ हजार क्यारेक्टर सर्टिफिकेटको नाममा लिएको पाइयो ।’ मनपरी रकम असुलेको पाइएपछि विद्यार्थीले क्याम्पस प्रशासनलाई बढी लिएको रकम फिर्ता गर्न दबाब दिइयो । यसबाट यसरी उब्जिएको दबाब स्वास्थ्यप्रति खेलवाड नगरौं भन्ने नै हो ।

0 Comments:
Post a Comment