युक्रेनले बेलारुसमा क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपतिको आरोप

बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोले युक्रेनबाट आफ्नो क्षेत्रमा प्रहार गरिएको क्षेप्यास्त्रलाई सेनाले खसालेको बताउँदै दुस्मनले गर्ने कुनै पनि आक्रमणको तत्काल जवाफ दिने चेतावनी दिएका छन् ।

‘हामीलाई उत्तेजित बनाउन खोजिँदैछ,’ सरकारी सञ्चारमाध्यम बेल्टाले उनलाई उद्धृत गर्दै भनेको छ, ‘करिब तीन दिन अघि युक्रेनबाट उनीहरुले बेलारुसको सैन्य क्षेत्रमा आक्रमण गर्न खोजेका थिए । भगवानको कृपाले हाम्रो प्यान्टसीर हवाई सुरक्षा प्रणालीले युक्रेनी सैनिकले प्रहार गरेका सबै क्षेप्यास्त्रलाई रोक्यो ।’

गत हप्ता युक्रेनले पनि बेलारुसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको आरोप लगाएको थियो । लुकासेन्कोले भने आफ्नो देशले रुस र युक्रेनबीचको द्वन्द्वमा हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्दै कीभ र उसका पश्चिमा गठबन्धनलाई चेतावनी दिएका थिए ।

‘हामी युक्रेनमा लड्न चाहन्नौँ । हामी मात्र एक परिस्थितिमा लड्नेछौँ । यदि तिमीहरू आफ्नो भूमिका प्रवेश ग¥यौ भने, हाम्रो जनताको हत्या ग¥यौ भने हामी प्रतिक्रिया जनाउने छौँ,’ उनले भने ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment