१ सय ५६ केजी गाँजा बरामद


अनमोल समाचारदाता
विराटनगर । सशस्त्र प्रहरीले बन्दा कोपी बोकेर भारत जान लागेको ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ ।

प्रहरीले विराटनगरबाट प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लुकाएर लिएर जान लागेको १५६ केजी (६ बोरा) गाँजा बरामद गरेको थियो ।

गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राई पक्राउ परेका छन् । संखुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा पक्राउ गरिएको हो ।

शुक्रबार राति भारततर्फ हिडेको ट्रक चेकजाँच गर्दा सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले गाँजा बरामद गरेको थियो ।

मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरी बल मोरङले जानकारी दिएको छ । मिनी ट्रकमा ४६ बोरा बन्दा कोपी रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment