सुपारीसहित ८ वटा ट्रक प्रहरी नियन्त्रणमा

अनमोल समाचारदाता

विराटनगर । झण्डै ५ करोड ३९ लाख ८८ हजार ४ सय ८० रुपैयाँ मूल्य बराबरको ८ ट्रक सुपारी भारत लैजान लागेको अवस्थामा मोरङ प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एकै पटक ठूलो परिणाममा भारत लैजाने तयारी हुँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

८ वटा ट्रकबाट २ हजार ६ सय ७८ बोरो सुपारी नियन्त्रणमा लिएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले बताए । तेस्रो मुलुकबाट आयत भएको सुपारी नेपाल ल्याएर भारततर्फ तस्करी हुन लागेको आशंकामा नियन्त्रणमा लिएको कार्कीले जानकारी दिए ।

युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरमा सुपारी लोड गरेको ट्रक नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए ।

नियन्त्रणमा लिएको सुपारी इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान सुरु गरेको डिएसपी राजन कार्कीले जानकारी दिए । ‘ठूलो परिमाणमा सुपारी गएपछि अनुसन्धानको लागि नियन्त्राण्मा लिएको हो,’ डिएसपी कार्कीले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप अनुसन्धानपछि बाँकी कुरा खुल्नेछ ।’

यदि ठूलो परिमाणमा निर्यात् हुन लागेको सुपारी नेपाली उत्पादन नभएर तेस्रो मूलकबाट आयत भएर नेपाल ल्याएपछि भारततर्फ लैजान लागेको हुनसक्ने भएकोले 

त्यसको लागि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ । भारतले नेपालबाहेकका मुलुकबाट सुपारीको आयातमा प्रतिबन्ध गरेको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment