आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ मा ज्योतिराज

अनमोल समाचारदाता/विराटनगर

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बिहिवार विराटनगरमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा 

ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । थुप्रै चलचित्र तथा टेली चलचित्र निर्माण गरि सकेका निर्माता ज्योतिराज चलचित्र विकास बोर्डको आदिवासी मातृभाषी चलचित्र प्रवर्धन समितिको संयोजक रहेका थिए। विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय राई निर्माता संघमा समेत सक्रिय रहेका छन् ।

उक्त कार्यक्रमबाट उपाध्यक्षहरुमा दिप नारायण राजबंशी, भुपेन्द्र तुम्बाहाम्फे लिम्बू, ध्रुव चौधरी, महासचिवमा सुमन तामाङ, सचिवहरुमा राजु माझी र सुरेन्द्र राज भुजेल त्यसैगरी कोषाध्यक्षमा पेशल कुमार सुनुवार चयन भएका छन् । 

महासंघ प्रदेश १ का उपाध्यक्ष तुम्बाहाम्फेले समितिको अन्य पदाधिरकारी तथा सदस्यहरु आज थप चयन गर्ने समेत जनाएका छन् । आदिवासी जनजाति चलचित्र महासंघले चलचित्र वृद्धिविकासको लागि सबै प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा आदिवासी जनजाति चलचित्रकर्मी महासंघका अध्यक्ष अमृत सुनुवार तथा प्रदेश नम्बर १ को संस्कृति बिज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रि मेखलाल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment