अनमोल समाचारदाता/ लेटाङ
उत्तरी मोरङमा अवस्थित लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगरले चालु आर्थिक वर्षको भन्दा करिब १६ करोड कम बजेट ल्याएको हो । शुक्रबार नगरसभा मार्फत् नगरपालिकाले ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाको बजेट ९० करोड ८६ लाख २७ हजार रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । नगरपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदानतर्फ ३८ करोड ६२ लाख ८६ हजार विनियोजन गरेको छ । सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानका लागि छुट्याइएको छ ।

0 Comments:
Post a Comment