पथरीशनिश्चरेमा आयो दमकल

भूमिप्रसाद पाठक/पथरी

स्थानीय तह निर्वाचन २०७९ दोस्रो संस्करणपछि निर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देवीमाया काफ्ले कार्यकालको पहिलो नगरसभा सम्पन्न भइरहेको बेला पूर्ववर्ती दिलिपकुमार राईं नेतृत्वको परियोजना अनुरुप खरिद प्रक्रियामा रहेको दमकल आज प्राप्त भएको छ ।

दमकल पाल्न गाह्रो र निकै महंगो हुने भए पनि खासगरिकन खडेरीयाममा हुने आगजनीका समयमा स्थानीयले व्यग्रतापूर्वक यसको माग गर्ने गरेका थिए ।

निवर्तमान स्थानीय सरकारले आफू जाँदाजाँदै दमकल खरिद प्रक्रिया अघि बढाएको थियो । टेण्डर प्रक्रिया छिचोलेर आजै मात्र पथरी शनिश्चरे नगरपालिकामा दमकल प्राप्त हुनुलाई स्थानीयले एउटा सुखद् समयको आरम्भको रूपमा सामाजिक सञ्जालमा चित्रण गरेका छन् । योसँगै राष्ट्रिय 

राजमार्गस्थित उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी चार वटै पालिकाहरू दमकलका धनी भएका छन् । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment