पथरीशनिश्चरे वडा नं. ४ को वृत्तचित्र सार्वजनिक

अनमोल समाचारदाता/शनिश्चरे

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. –४ को ‘वृत्तचित्र’ सार्वजनिक गरिएको छ । ‘वृत्तचित्र’ निर्माणकर्ता कानेपोखरी मिडिया प्रा.लि.ले आफ्नो युट्युव च्यानलमा बुधबार सार्वजनिक गरिएको हो ।

‘वृत्तचित्र’ १७ मिनेट ३५ सेकेण्डको रहेको छ । यसको शब्द चयन र लेखन अर्जुन जम्नेली राई र मोहन भट्टराईले गरेका थिए । त्यसैगरी परिकल्पना दिनेश सुब्बा लिम्बु र सन्तोष राईको रहेको छ । ‘वृत्तचित्र’ मा स्वर आर.जे.सुनिता तामाङले दिएकी छिन् । त्यसैगरी सम्पादन इश्वर दुलालले गरेको हो । २०७४ देखि २०७८ सम्म वडामा भएको समग्र विकास पानालाई यस वृत्तचित्रमा उतारिएको छ । 

२०७४ सालको स्थानीय निर्वाचनमा वडाले वडा अध्यक्षमा गोविन्द बहादुर भण्डारी, वडा सदस्य खड्गबहादुर सुस्लिङ मगर, अमरबहादुर बराईली, महिला सदस्य दिलु मगर र दलित महिला सदस्य तुलसादेवी दर्जी पाएका थिए । निर्वाचित भएसँगै वडामा वडा अध्यक्ष र वडासदस्यहरु रातदिन अहोरात्र खटेर वडाको चौतर्फी विकास गर्न लागेका थिए ।

२०७४ मा जनप्रतिनिधि निर्वाचित भएदेखी यता यी नै जनप्रतिनिधिहरुले गरेको पहिलो कार्यकालको समंग्र वडाको विकास झ्ल्कीने गरी वृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ । देशमा २०७४ साल भन्दा अघि लामो समय सम्म स्थानीय तह विहिन थियो । लामो समय पछि स्थानीय तह पाए पछि जनताले गाउँ घरमै सिंहदरवार आएको महसुस गरेका छन् । 

भिडियो :-



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment