विजय धिमाल/उर्लाबारी
मोरङको उर्लाबारीमा प्रथम पटक आयोजित आदिवासी जनजाति फुड फेष्टिबल दास्रो दिन गीतसंगीतमय र साँस्कृतिक जातीय नृत्य भब्य भएको छ ।
आदिवासी जनजातीहरूको आर्थिक समृद्धिसँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद्, उर्लाबारीका वरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सम्सेर लिम्बूले जानकारी दिए ।
सो फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, सन्थाल, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खाना यथावतसँगै जातीय नाचगानसँगै स्थानीय विद्यालयहरुको समेत सहभागी रहेको थियो । आदिवासी जनजाति महासंघ नगर समन्वय समितिका अध्यक्ष मणीलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको दास्रो दिन आदिवासी जनजाति महासंघ प्रदेश अध्यक्ष धुर्ब मेन्याङबोले उद्घाटन गरेका थिए । विशिस्ट अतिथि आदिवासी जनजाति महासंघ पूर्व जिल्ला उपाध्यक्ष नरबहादुर मोक्तान रहेका थिए ।
उहाँले कथा सुनाउदै राज्यले देखाउने सहयोग भने पटक्कै नदिने आदिवासी जनजातिलाई उपेक्षित गरेको गुनासो गर्दै अब जातजाति एक भएर लागिपर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जातिका वा संस्थाको प्रमुख र स्थानिय विद्यालयका प्रतिनिधि लगायत अतिथिहरु रहेका थिए ।
कार्यक्रम असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । दोश्रो दिनको कार्यक्रममा धिमाल जातिको राष्ट्रिय गायक संजिव धिमाल, स्थानीय गायक ताराबिर पाण्डे र सुरेश धिमाल स्थानिय जातिय नाचगान लगायतको प्रदर्शन रमाईलो भएको थियो । अन्तिम दिन स्थानिय गायक नन्दु गुरुङ लगायत स्थानिय कलाकरहरुको प्रस्तुति रहने आयोजकले बताए । उर्लाबारी नगरपालिकाको आर्थीक सहयोगमा कार्यक्रम भएको सचिव नारायण राईले बताए ।

0 Comments:
Post a Comment