खुकुरी प्रहारबाट एक गम्भीर घाइते


अनमोल समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे –१ पानी ट्यांकीमा बिहीबार राति बहिनीको खुकुरी प्रहारबाट दिदी गम्भीर घाइते भएकी छन् । 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमका अनुसार २९ वर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईलाई राति ९ बजेतिर खुकुरी प्रहार गरेकी हुन् । 

घाँटीमा खुकुरी प्रहार गरिएकी लक्ष्मीको अवस्था गम्भीर छ । उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको गौतमले जनाए । सामान्य घरयासी विवादका कारण घटना भएको पाइएको जानकारी उनले दिए । प्रहरीका अनुसार वृद्ध अवस्थाका बाबु र आमाको हेरचाह गरेर दिदी–बहिनी दुवै जना माइती घरमै बस्दै आएका थिए । 

गाउँ मात्रै डुलिरहने गरेका कारण घरमा पनि समय दिनुपर्छ भनेर सम्झाईबुझाई गर्ने क्रममा आक्रोसित भइ बहिनीले दिदीमाथि नै खुकुरी प्रहार गरेको प्रहरीको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

घटनामा प्रयोग गरिएको खुकुरी सहित  सुमित्रालाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ । यसैबीच नोबेल अस्पतालमा उपचाररत घाइतेको उपचारमा रकमको अभाव देखिएको छ । 

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण घाइतेको उपचारमा समस्या भएको हो । ‘परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ,’ डीएसपी गौतमले भने, ‘खर्च अभावका कारण उपचारका लागि चन्दा संकलन गर्नुपर्ने अवस्था रहेछ ।’ 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment