हरेक सामानमा चर्को मुल्यवृद्धि नौलो कुरा रहेन । आज हाम्रो देशमा हरेक क्षेत्रमा समस्यै समस्या भएजस्तै महँगी सबैभन्दा उग्र र चर्को समस्या रहि आएको छ । आम जनताको मुख्य समस्या बढ्दो महंगी नै हो। महंगीका कारण दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, सागसब्जी, फलफूल र पेट्रोलियम पदार्थको मूल्यले नेपालीजनको ढाड सेकेको छ । यसले हरेक जनताको घरेलु अर्थतन्त्रमा ठूलो गडबडी पैदा गरेको छ । आम जनता महंगीको भयले त्रसित छन् । यसक्रमा खाद्य सामग्री मात्र नभै शिक्षा, प्रविधि, स्वास्थ्य आदि सबै क्षेत्रमा मूल्यवृद्धि भएको छ जुन देश र जनताको हित प्रतिकूल छ ।
यो समयमा भएको मूल्यबृद्धिले जनताको ढाड भाँचेको छ र दैनिक जीवन धान्न कठिनाई उत्पन्न भएको छ । आज सर्वसाधारणको जीवन दुःख र बिलौनाको पर्यायका रूपमा रूपान्तरित भएको छ ।
आज नेपाली जनता बढ्दो महंगीका कारण ठुलो संकटमा परेका छन् । महंगीले आज आकास छोएको छ । विद्युत, दुध र दूग्धजन्य पदार्थ, पेट्रोलियम पदार्थ, परिवहन, शिक्षा, टेलिफोन आदिको मुल्यवृद्धिमा स्वयम् सरकार जिम्मेवार देखिन्छ । यसैगरी बजारमा बिक्रि हुने प्रत्येक उपभोग्य सामानको दरभाउ अनियन्त्रित रूपमा वृद्धि भइरहेको छ । अदृश्य शक्तिले उपभोग्य बजारलाई आफ्नो कब्जामा पारेको कुनै क्षेत्र बाँकि रहेको छैन । सबै क्षेत्र बढ्दो महंगीका कारण आक्रन्त बनेको छ ।
महंगी बढ्नुको कारण मध्यको एक मुल कारण बिचौलियनको बिगबिगीले पनि हो। हाल देशमा तरकारीतर्फ पनि कालोबजारी मौलाउँदो छ । किसानबाट प्रतिकेजी ३० रुपैयाँमा ल्याएको सामान उपभोक्तालाई प्रति पाउ २० रुपैयाँमा बेचिन्छ । व्यापारीहरुलेपनि उपभोक्तालाई ठग्ने नै हो भन्ने प्रवृत्ति राखेको देखिन्छ । मिहिनेत गर्ने किसानपनि ठूला व्यनपारीबाट ठगिएका छन् ।
बढ्दो मुल्यबृद्धिले जनतामा ठुलो समस्या सिर्जना गरेको छ । समयमै जिम्मेवार पक्षले ध्यान नदिएमा देशले विकराल स्थितिको सामना गर्नुपर्ने हुन्छ ।
खाद्यान्नतर्फ लघु उद्योगहरु बाटै मुल्य बढेरै आएकोले उपभोक्ता मारमा परेको छन । दाल, चामल र तेलमा थोक मूल्य नै बढेको छ । उपभोक्तालाई बेच्दा झनै महंगो परेको छ । मुल्यवृद्धि हुने अनेक कारणहरू रहेका छन् । यसका सम्बन्धमा अनेक पक्षबाट बिभिन्न कारणहरू प्रस्तुत गरेको देखिन्छ । सरकारी पक्षले अन्तरास्ट्रिय मूल्यवृद्धिलाई औँल्याएको छ भने वित्तीय संस्थाहरूले मुद्रास्फीर्तितिर संकेत गरेका छन् । उता राजनितिक दल, नागरिक समाज र सर्वसाधारणले मुल्यबृद्धिको कारण सरकार नै जिम्मेवार छ, भनेका छन् । वस्तुतः सरकारको दुर्बलताको कारण मुल्य नियन्त्रण हुन नसकेको हो भन्ने अधिकांश मानिसको धारणा रहेको छ । यसका अतिरिक्त मुल्यबृद्धि गराउने काममा व्यापारीहरूको अवसरवादिताको हात छ भन्ने मनिसहरूको पनि यहाँ कमि छैन ।
बढ्दो मुल्यबृद्धिको परिणामस्वरूप सर्बसाधरण जनतामा निरासाको कालो बादलले ढाकेको छ । जनताको मन कुँडिएको छ । सरकारप्रति आक्रोशित बन्न कारण नचाहिने भएको छ । सरकारप्रतिको अविश्वासले अस्थिरता निम्तिने सम्भावनालाई नकार्न सकिदैन । वास्तबमा मुल्यबृद्धिले जनतामा उकुस–मुकुसको स्थिति सिर्जना गरेको पाइन्छ । बढ्दो मुल्यबृद्धिले जनतामा ठुलो समस्या सिर्जना गरेको छ । समयमै जिम्मेवार पक्षले ध्यान नदिएमा देशले विकराल स्थितिको सामना गर्नुपर्ने हुन्छ ।
त्यसैले सरकारले महंगी नियन्त्रणका लागि ठोस योजना बनाएर त्यसअनुसार काम गर्नुपर्छ । कम्तिमा पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनयापनका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । यसैगरी महंगी बढ्दै गयो भने देशको शान्तिसुरक्षा जोखिममा पर्ने कुरा नकार्न सकिंदैन । अभावको सिकार बन्नुपरेपछि मानिस जस्तोसुकै कदम उठाउन पनि तयार हुन्छ । सज्जनपनि चोर बन्छ तसर्थ त्यसको जड महंगीलाई बेलैमा परास्त गर्नु आवश्यक छ ।

0 Comments:
Post a Comment