नया गतिमा फड्को मार्दै नेपाल आदर्श बोर्डिङ

अनमोल समाचारदाता/ उर्लाबारी

विद्यालय खुलेसंगै कोरोना कहरको सामना गर्नुपर्यो । तर, संचालकहरुले हरेस खाएनन् । चुनौतीको चाङसंगै अघि बढेको एउटा निजी विद्यालय आज छोटो समयमै अब्बल बनेको छ । 

ब्रगेल्ती निजी विद्यालयको बीचमा उर्लाबारी – ७ स्थित नेपाल आदर्श सेकेण्डरी बोर्डिङ स्कुलको सान र मान बेग्लै छ । विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलाप लगायत अन्य पक्षहरूका अधारमा सो विद्यालयलाई नमूना मान्न सकिन्छ ।  

उर्लाबारीका अग्रणि शिक्षासेवी सम्मिलत सञ्चालन समुह रहेको यस विद्यालयमा पाँच सय बढी छात्रछात्रा अध्ययनरत रहेका छन् । ‘गुणात्मक शिक्षा प्रदान गर्न दत्तचित्त छौ । अभिभावकहरुले स्वतस्फुर्त आफ्ना बच्चालाई भर्ना गरिरहनुभएको छ’ संस्थापक–प्रिन्सिपल सविना खड्का कार्कीले भन्नुभयो – कुनै आग्रह र विज्ञापन गरेर होइन, अभिभावकहरुको हामीप्रतिको विश्वास हो ।

विद्यालय सफल हुनुका मुख्य कारण अभिभावकको विश्वास, शिक्षकको मिहेनत र लगनशीलता भएको उहाँले बताउनुभयो । तर, शिक्षक अभिभावकलाई अभिप्रेरणा गर्ने जिम्मेवारी भने नेतृत्वको हिसाबले आफूले नै लिएको उहाँको भनाई छ । प्रिन्सिपल कार्कीका अनुसार अहिले विद्यालयको सम्पूर्ण व्यवस्थापन र प्रशासन क्षेत्र गुणस्तरीय शिक्षा दिन र विद्यार्थीको सङ्ख्या बढाउन केन्द्रित रहेको छ ।  ‘सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षालाई प्राथमिकता दिएका छौं’ उहाँले भन्नुभयो, ‘बढीभन्दा बढी प्रयोगात्मक कक्षा सञ्चालन गरेका छौं ।’ सुविधासम्पन्न कम्प्युटर र विज्ञान प्रयोगशाला, मल्टिमिडियाको प्रयोगले विद्यार्थीमा सिकाइप्रतिको रुचि बढाउँदै आएको छ । 

विद्यार्थीका गतिविधिको निगरानी गर्न प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान गरिएको छ । अभिभावकहरूको विश्वासलाई अटुट र प्रगाढ बनाउन विद्यालयले उत्कृष्ट शैक्षिक योजनाहरू पनि ल्याउँदै आएको छ । विद्यार्थीलाई रोगब्याधिबाट जोगाउन सरसफाइ प्रणालीको व्यवस्थापन गरिएको छ । फराकिलो कक्षा कोठाका साथ श्रव्य–दृश्यको कक्षा संचालन हुने गरेको छ । साथै विद्यालय परिसरमा क्याण्टिनको व्यवस्था गरिएको छ । जहाँ सस्तोमा गुणस्तरीय खाजा, नास्ता तयार पारिन्छ ।

अतिरिक्त पाठ्यक्रम, शैक्षिक भ्रमण र अध्ययन अवलोकनका लागि विद्यार्थीहरूलाई नेपालका विभिन्न स्थानमा लाने गरिएको छ । सुविधाजनक ल्यावहरु पुस्तकालय, डिजिटल लाइब्रेरीको साथ कम्प्युटर प्रयोगशाला यहाँको मुख्य आकर्षण हो ।

सुविधा सम्पन्न भवन, पर्याप्त कक्षाकोठा, खेलमैदान, खेलकुद सामग्री, ५ सय जना अटाउने सभाहल, आधा दर्जन स्कुल बसको व्यवस्था नेपाल आदर्शका विशेषता हुन् । विद्यार्थीलाई प्रदान गर्ने सेवा सुविधामा कुनै कमि हुन नदिने प्रिन्सिपल कार्कीको अठोट छ । कार्कीले भन्नुभयो – छोटो समयको यो अपार सफलताले हामीलाई शिक्षा क्षेत्रमा थप पाइला चाल्न हौसला दिएको छ । जसअनुसार हामी १२ भन्दा माथिका कार्यक्रमहरू पनि निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारीमा छौं । यससँगै थप पूर्वाधार विकास गर्नेछौं । जसले उर्लाबारीका मात्र होइन, अन्य क्षेत्रका विद्यार्थीहरूलाई पनि गुणस्तरीय उच्च शिक्षा दिनेछ ।

नर्सरीदेखि कक्षा २ सम्म कक्षा शिक्षण र १० कक्षासम्म विषयगत शिक्षण गराउँदै आएको विद्यालयका संचालक प्रकाश कार्कीले जनाउनुभयो । अनुभवी शिक्षकशिक्षिका, कक्षा शिक्षणमा मन्टेश्वरी तालिमप्राप्त शिक्षकशिक्षिका विद्यालयका निधि हुनु । प्रिन्सिपल कार्की स्वयं समाजशाष्त्र र अंग्रेजीमा स्नातकोत्तर साथै वीएन हुनुहुन्छ । 

दशकौंको शिक्षण अनुभव बटुल्नु भएको छ । उहाँको नेतृत्वमा विद्यालयको टिमले सहजताका साथ कार्य सम्पादन गरिरहेका छ । विद्यालयमा ३० जना शिक्षकशिक्षिका र १० जना कर्मचारी कार्यरत छन् । यस विद्यालयमा उर्लाबारीका अलवा दमक र मिक्लाजुङका विद्यार्थी अध्ययनरत छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment