अनमोल समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सहायक सामग्री वितरण गरेको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम मार्फत प्रदेश सरकारको थप बजेट तथा नगरपालिकाको अपाङ्ग लक्षित कार्यक्रमबाट सहायक सामग्री वितरण गरिएको हो ।
नगर उप–प्रमुख देविमाया काफ्लेले सीबीआर विराटनगरका प्राविधिकहरूको उपस्थितिमा लाभग्राहीहरूलाई सहायक सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, वाकर, वैशाखी, श्रवण यन्त्र ९हियरिङ एड०, पीके प्रोस्थेसिस, साइम्स प्रोस्थेसिस तथा सुज राइज ९क्जयभ च्बष्कभ० लगायतका सहायक सामग्री वितरण गरिएको थियो ।
उप–प्रमुख काफ्लेले यस्ता सहायक सामग्रीले अपाङ्गता भएका व्यक्तिहरूको आवतजावत, दैनिक क्रियाकलाप तथा आत्मनिर्भर जीवनयापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

0 Comments:
Post a Comment