अनमोल संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनौपचारिक श्रमिक हकहित व्यवस्थापन समितिले आफ्नो एक सदस्यको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
समितिका सदस्य नं. ८२ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० निवासी पदमबहादुर मगरको निधनप्रति समितिले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । समितिका संयोजक भीमकुमार राईको अगुवाईमा समितिको अनौपचारिक श्रमिक हितकोषबाट मृतककी धर्मपत्नी राजकुमारी मगरलाई काजकिरिया (शुद्धाइँ) लगायतका आवश्यक कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद रु. २० हजार १ सय बराबरको बैंक चेक हस्तान्तरण गरिएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 Comments:
Post a Comment