एडभान्स ब्युटी पार्लर तालिमको समापन

अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको ३५ दिने एडभान्स ब्युटी पार्लर तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडःपा) अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम वडा नं. ४ का बेसिक ब्युटी पार्लर तालिम पूरा गरेका महिला उद्यमीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो ।
तालिम समापन कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने तथा वडा सदस्य एवं कार्यपालिका सदस्य कल्पना श्रेष्ठले तालिमबाट प्राप्त सीपलाई स्वरोजगार र उद्यम विकासमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
लघु उद्यम सहजकर्ता भगवती कटुवालका अनुसार तालिमको उद्देश्य सहभागी महिलाहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आत्मनिर्भर बन्न सहयोग पुर्याउनु हो । तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । 
तालिममा प्रशिक्षक रेखा बस्नेतले सहभागीहरूलाई एडभान्स ब्युटी पार्लरसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो ।



About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment