दुध चिस्याउने मेसिन खरिद कार्यक्रम स्थलगत प्रमाणीकरण मूल्यांकनका लागि अनुगमन


अनमोल समाचारदाता
पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा दुध चिस्याउने मेसिन खरिद कार्यक्रम स्थलगत प्रमाणीकरणका लागि अनुगमन गरिएको छ ।
मंगलबार ५० प्रतिशत अनुदानमा दुध चिस्याउने मेसिन खरिद कार्यक्रम स्थलगत प्रमाणीकरण मूल्यांकनका लागि विहानी दुग्ध तथा कृषि सहकारी संस्था लि. को अनुगमन गरिएको हो । 
वडा नं. १ मा स्थापित सो सहकारी संस्था लि. मा अनुगमन गर्दा केही प्रक्रियाहरु अपुरो रहेको र सो प्रक्रियाहरुलाई पूरा गर्न सुझाइएको नगरका पशु चिकित्सक डा. आशिष देवले जानकारी दिनुभयो । 
सो अनुगमनमा आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेत, सदस्यद्वय सिता भुसाल, मन्जु राई, पशु स्वास्थ्य प्राविधिक लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment