उपाधि बिर्तामोड १० लाई

अनमोल समाचारदाता
झापा ।
बिर्तामोडमा सम्पन्न छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० ले हात पारेको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नं. १० ले वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । उपाधिसँगै वडा नं. १० ले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । वडा नं. ३ ले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । वडा नं. १० का तर्फबाट सुजन लिम्बू र घनश्याम कार्कीले गोल गर्न सफल भए भने वडा नं. ३ का सञ्जय हस्दाले एकमात्र सान्त्वना गोल फर्काएका थिए ।
फाइनल खेलका प्लेयर अफ द म्याच आरके कन्दङवा भए । उनले नगद १ हजार ५०० रुपैयाँ पाए । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट वडा नं. १० का सौरभ लिम्बू भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट गोलकिपर वाल्मीकि राई, उत्कृष्ट मिडफिल्डर उत्सव राई, उत्कृष्ट स्ट्राइकर आशिष चापागाईं, उत्कृष्ट डिफेन्स खेसेहाङ लिम्बू र उत्कृष्ट कोच सुरेन तुम्रोक भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, वडाध्यक्षहरु मदन बुढाथोकी, अविरल कृष्ण खरेल, सूर्य कन्दङवा, दुर्योधन गुरुङलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।
पुष ४ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाको टीमको सहभागिता रहेको थियो । बिर्तामोड नगर खेलकुद विकास समितिले हरेक बर्ष क्यालेन्डरमा राखेर वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको सचिव विसन लिम्बूले जानकारी दिए ।
हरेक वर्ष क्यालेन्डर अनुसार खेलकुद कार्यक्रम सञ्चालन गर्दै जाने खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । भेट्रान्सको उपाधि पनि वडा नं. १० ले जित्यो बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि वडा नं. १० ले हात पारेको छ ।
उपाधिसँगै बिर्तामोड–१० ले २५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपपिजेता बिर्तामोड–५ ले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार सहिद नेत्र पार्कको खेलमैदानमा आयोजित फाइनल खेलमा वडा नं. १० ले वडा नं. ५ लाई ३–० ले पराजित गरेको हो । वडा नं. १० का लागि महेश राईले दुई र दिलेन लोक्तामले १ गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच बिर्तामोड–१० का महेश राई भए । उनले नगद १५ सय रुपैयाँ पुरस्कार पाए ।
सो प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता रहेको थियो । पुष ४ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबारको फाइनलसँगै समापन भएको खेलकुद समितिका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment