नगरपालिकामा विद्यालय पोषण कार्यक्रम


अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा विद्यालय पोषण कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा १० देखि १९ वर्ष सम्मका किशोरीहरुलाई आईरन तथा फोलिक एसिड वितरण सम्वन्धी शिक्षक, शिक्षिकाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका जनस्वास्थ्य अधिकृत जगतप्रसाद मगरले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । भोलिसम्म सञ्चालन हुने सो कार्यक्रमको सञ्चालन तथा सहजीकरण सिअहेव अधिकृत एकराज खत्रीले गर्नुभएको थियो । 


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment