अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ मा जनप्रतिनिधिहरुले वडाका नागरिकहरूसँग प्रत्यक्ष भेटेर वडाको गुनासो सुन्ने, सुझाव लिने, जानकारी दिने भनी ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम निन्तर गर्दै आइरहेको छ ।
हरेक महिनाको अन्तिम शनिबार जनप्रतिनिहरुले वडावासीसँग घरमै भेटेर वडाको बारेमा विस्तृत जानकारी लिदिने कार्यक्रम गर्दै आइरहेको छ ।
सोहीक्रममा शनिबार झोलुङ्गे पुल, बतासेली चौक लगायतको क्षेत्रका जनतासँग भेटघाट गरेका छन् । साथै सोही गाउँमा कष्टकर जीवन चलाइरहेका मेमबहादुर श्रेष्ठको घरमा शौचालय निर्माण, बिजुली बत्ती जडान खाद्यान्न सहयोग गरेर आगामी असोज ३ गते संविधान दिवस मनाउने पनि वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभएको छ ।
0 Comments:
Post a Comment