नगरपालिकामा सामाजिक सुरक्षा भत्ता नविकरण सुरु


अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता नविकरण गराउन सुरु गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक सुरक्षा भत्ता नविकरण साउन १ गतेदेखि वडा कार्यालयहरुबाट गराउन सुरु गरिएको हो । 
सामाजिक सुरक्षा नविकरण बायोमेट्रिक प्रणालीबाट वडा नं. ७ मा पहिलो पटक धनमाया लिम्बुको नविकरण गरिएको वडाध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिनुभयो । 
यसैगरी वडा नं. १ मा नविकरण गराउन थालिएको वडा सचिव मित्रकला चापागाईले जानकारी गराउनुभयो । यस्तै अन्य वडाहरुमा पनि हिजैबाट नविकरण गराउन सुरु हो । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment