७१ वर्षीया एकल महिला मङ्सिरीले प्राप्त गरिन् नागरिकता



अनमोल समाचारदाता
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–८ की एकल महिला मङ्सिरी राईले ७१ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण–पत्र प्राप्त गरेकी छिन् ।
सोमबार राईले पथरी शनिश्चरे वडा नं. ८ का वडा अध्यक्ष नवीन कार्कीको पहलमा जिल्ला प्रशासन कार्यालय मोरङबाट प्राप्त गरेकी हुन् ।
वडाध्यक्ष कार्कीले आफै विभिन्न कार्यलयमा पहल गरी  वृद्धा राईलाई नेपाली नागरिकता दिलाएका छन्। अब ७१ वर्षीय राईले सामाजिक सुरक्षा भत्ता खाने बाटो समेत खुलेको छ । 
श्रीमानको निधन भएको धेरै समय बितिसक्दा पनि नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन् ।उनले नेपाली भएर पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन् ।  नागरिकता बनाउँदा सनाखत गरिदिने आफन्त कोही नहुदाँ जनप्रतिनिधिले सनाखत गरिदिन मिल्ने कानुनी व्यवस्था छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment