अनमोलमणि समाचारदाता
पथरी । श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीम कुमार राईको अध्यक्षतामा बैठक बसी विभिन्न निर्णयहरु पारित गरिएको छ ।
आज नगरपालिकामा भएको बैठकबाट श्रमिकहरूको वीमा गर्ने सम्वन्धमा हिमालय एभरेष्ट इन्स्योरेन्स लि. सँग सम्झौता गर्ने निर्णय गरियो ।
यसैगरी श्रमिकहरुको वीमा गर्नका लागि पंजिकृत जति जना भएका छन् सो सबै जनाको दुर्घटना वीमा अनिवार्य गराउने हिमालय एभरेष्ट इन्स्योरेन्स लि.सँग निर्णय गरिएको सदस्य सचिव सुरेन्द्र राईले जानकारी दिनुभयो ।
नगर उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा भएको सो बैठकमा सदस्य हरि कुमार सुवेदी, मुना राई, दोर्ण बहादुर खड्का र हिमालय एभरेष्ट इन्सोरेन्सका शाखा प्रवन्धक निशान भट्टराई लगायतको उपस्थिति रहेको थियो । हालसम्म पंजिकृत भएका श्रमिकहरुको संख्या १ सय ८ जना रहेका छन् ।

0 Comments:
Post a Comment