स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण



अनमोलमणि समाचारदाता
पथरी । दादुरा रुबेला खोप अभियान २०८० अभियान व्यवस्थापन तथा नियमित खोप सुदृढीकरण बारे स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण सम्पन्न भएको छ । 
आज पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । नगर प्रमुख तुम्वापोले नगरमा दादुरा रुबेला खोप अभियान २०८० लाई सफल बनाउन नगरका स्वास्थ्यकर्मीहरुले आफ्नोतर्फबाट कुनै कसर बाँकी नराखी आफ्नो कार्यलाई निरन्तर रुपमा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो । 
सो कार्यक्रममा वडा अध्यक्षहरू चेतेन्द्र खड्का, कृष्णबहादुर बस्नेत, उद्धवराज बस्नेत, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य कर्मचारीद्वय जगतबहादुर मगर, एकराज खत्री र १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ ।
अभिमुखीकरण कार्यक्रमको लागि प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment