२० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो


अनमोल समाचारदाता
पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । 
पथरीशनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा केक काटेर २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । 
नगर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकी अध्यक्ष लीला सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहनुभएको थियो । 
संस्थाकी सचिव निर्मला पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जग्गादाता तथा व्यवस्थापन समितिका सदस्य बाबुराम राई, स्वस्थ्य स्वयंसेविकाको तर्फबाट सरस्वती चौधरीले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रमका बारेमा विस्तृत जानकारी स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले राख्नुभएको थियो । पथरीशनिश्चरे नगरमा ३० जना स्वयंसेविका सक्रिय रहेका छन् ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment