नगरमा पल्स विश्लेषण तालिम

अनमोल समाचारदाता

पथरी । नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ । 

पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा आयोजित तालिम तीन दिन मंगलबारदेखि कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । 

नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो । उप–प्रमुख काफ्ले र नगरका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतले सहकारी संस्थाहरुको निर्देशनात्मक भनाइहरु राख्नुभएको थियो । 

सो तालिमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ लि. मोरङको सचिव जीवन बस्नेतले गरिरहनुभएको छ । औपचारिक कार्यक्रम सहकारी शाखा प्रमुख केशवदेवी धमलाले सञ्चालन गर्नुभएको थियो ।  


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment