मल वितरण व्यवस्थापन समितिद्वारा अनुगमन तथा निरीक्षण


अनमोल समाचारदाता
पथरीशनिश्चरे । अनुदानको मल वितरण व्यवस्थापनको मंगलबार अनुगमन तथा निरीक्षण गरिएको छ । 
पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिद्वारा अनुगमन तथा निरीक्षण गरिएको हो । नगर उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. १ को मुना कृषि भण्डार, पथरी कृषि सहकारी संस्था लि., वडा नं. २ को चिनारी कृषि सहकारी संस्था लि. र वडा नं. ३ को विरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. मा अनुगमन निरीक्षण गरिएको हो । 
अनुगमन र निरीक्षणको क्रममा मुना कृषि भण्डारमा आफ्नो विक्री कक्षमा प्रष्टसँग आधिकारिक संस्थाको नाम उल्लेख नगरेको, विक्री मूल्य सबैले देख्ने गरी विक्री कक्षमा टाँस नगरेको, पथरी कृषि सहकारीमा विक्री मूल्य टाँस नगरेको, चिनारीमा विक्री मूल्य टाँस नगरेको, आफ्नो कार्य क्षेत्र टाँस नगरेको, विरेन्द्रनगर वचत तथा ऋण सहकारीमा विक्री कक्षमा प्रष्टसँग आधिकारिक संस्थाको नाम उल्लेख नगरेको, विक्री मूल्य सबैले देख्नेगरी विक्री कक्षमा टाँस नगरेको, कार्यक्षेत्र प्रष्टसँग देख्नेगरी विक्री कक्षमा टाँस नगरेको पाइएको छ । अनुदानको मल वितरणमा  देखिएका यी त्रुटीहरु आइन्दा नदोहोरिने सर्तमा एक पटकलाई सुधार हुने मौका दिइएको छ । 
नगरपालिकाले अनुदानको मल युरिया प्रतिकेजी १८, डिएपी प्रतिकेजी ४७ र पोटास प्रतिकेटी ३५ का दर तोकेको छ । 
अनुगमन तथा निरीक्षणमा उप–प्रमुख देविमाया काफ्ले, कृषि शाखा प्रमुख सबिना राई, वडा नं. १ का वडाध्यक्ष भीम राई लगायतको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment