अनमोल समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी आगलागि घटनामा परी घाईते भएका घरबेटी रुकुम बहादुर कार्कीको पनि निधन भएको छ ।
काठमाडांैको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ६८ वर्षीय कार्कीको उपचारको क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । अस्पतालको आईसीयू कक्षमा उपचाररत तामाङको शनिबार बिहान ५ बजे निधन भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
आगलागीबाट कार्कीको अनुहार, घाँटी, ढाड, दुबै हात, दुवै खुट्टामा गरी ४० प्रतिशत जलन रहेको थियो । गत कात्तिक २६ गते लक्ष्मीपूजाको रात मोरङको उर्लाबारी –७ ईटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक आगलागि हुँदा आगो निभाउन गएका ४ प्रहरी सहित २८ जना घाइते भएका थिए । घाईते मध्ये शनिबार घरबेटी कार्कीको निधन भएको हो भने उनका छोरा दिपक सहित हाल सो अस्पतालमा २१ जना घाईतेहरु उचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारी का प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी गराए । जसमध्ये आईसियू कक्षमा ५ जना उपचाररत रहेको जनाइएको छ ।
गत मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो । उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहिबार बिहान मृत्यु भएको थियो । उनको शरीरको ५० प्रतिशत भाग जलेको थियो । अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीमा अवस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरी सहित २७ जना घाइते भएका थिए । अस्पतालका अनुसार आईसीयूमा उपचाररत अझै केही बिरामीको अवस्था गम्भीर छ ।

0 Comments:
Post a Comment