पथरी खोलाको अनुगमन : पानी बग्ने क्षेत्रमा सरसफाई गरिने


अनमोलमणि समाचारदाता
पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं. १० मा स्थापित श्री सिरिजंगा स्मृति धार्मिक वन समूहबाट बैठकको संयोजन गरिदिने अनुरोध बमोजिम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सरोकारवालाहरुसँग बैठक बसी छलफल गरिए पश्चात मंगलबार सो क्षेत्रको अनुगमन गरी विभिन्न निर्णयहरु गरिएको छ । 
सोमबार बसेको बैठकले पथरी खोलाको पानी वहने क्षेत्रको अनुगमन, धार्मिक वन क्षेत्र भित्र दुव्र्यसनीहरुलाई प्रवेश निषेध गर्ने सम्वन्धमा र धार्मिक वन क्षेत्रभित्रबाट पथरी बजार र भुटानी शिविर जाने प्रवेशद्वार सम्वन्धमा छलफल गरिएको थियो । 
बैठक पश्चात् आज विहान नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अग्रसरतामा ती क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । 
अनुगमन पश्चात् पथरी खोलाको पानी बग्ने क्षेत्रको सरसफाई तथा खुला गराउनका लागि पहल गरिने भएको छ । पथरी खोलाको पानी बग्ने क्षेत्र ४५ फुट खुला गराउन सो क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरुलाई सूचना प्रवाह गर्ने निर्णय गरिएको छ । 
अनुगमनमा वडा नं. १ वडाध्यक्ष भीम राई, पथरी बजार व्यवस्थापन समिति सल्लाहकार संयोजक धनप्रसाद साँवा, पथरी बजार व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र गुरुङ, वडा सदस्य पूर्णबहादुर कार्की, सिरिजंघा धार्मिक वनका अध्यक्ष डम्बर चोङबाङ, नगरका योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राई, नेपाल प्रहरी र नगरका प्रहरीहरुको उपस्थिति रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment