सामाजिक सञ्जालको दुरुपयोगले निम्त्याएको समस्या

प्रविधिमा सजिलै पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै गएपनि दुरुपयोग हुँदा विभिन्न समस्याहरु आउने गरेका छन् । भर्खरै मात्र नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको थियो । 

नक्कली फेसबुक आइडी बनाएर धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । 

सामाजिक सञ्जाललाई सही तरिकाले सदुपयोग नगर्दाको परिणाम हो यो । यसै कारणले जतिसक्दो सामाजिक सञ्जाल आफ्ना उपयोगी कार्यहरुका लागि मात्र प्रयोग गर्नु उचित हुन्छ । सही तरिकाले प्रयोग गरेमा जुनै कार्य पनि सामाजिक सञ्जालले निक्कै लाभदायक बनाउने दिग्गजहरु सुझाउँछन् । 

सामाजिक सञ्जाल दुरुपयोगकै कारण थापा विरुद्ध झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइम सम्बन्धी मुद्दा परेको थियो । 

यसरी नक्कली फेसबुक आइडी बनाउनु र झुक्याउनु उनको दैनिकी नै भएको प्रहरी स्रोतले बताएको छ । यसरी नै थापाले साथीसँगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म पु¥याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ । यसरी दुरुपयोग हुँदा नेपाली समाजमा समस्यै समस्याहरु थाती रहने प्रष्ट देखिएको छ । त्यसैले यस्ता समस्याहरु आउन नदिन सही तरिकाले सामाजिक सञ्जालको प्रयोग गरौं हामी सबैको कल्याण हुनेछ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment