स्लाईसमा भेटियो अखाद्य वस्तु

अनमोल समाचारदाता

उर्लाबारी । प्रायः सवैको रोजाइमा परेको पेयपदार्थ स्लाईसमा अखाद्य बस्तु फेला परेको छ ।

मोरङको उर्लाबारी–३ मा अवस्थित मंगलबारेमा स्थानीय सुमन श्रेष्ठले स्लाईस खरिद गरी खाने क्रममा सिलप्याक बोटलभित्र प्लाष्टिकका टुक्रा जस्ता देखिने ठोस फोहोर बस्तु फेला परेको बताए । उनले एक स्थानीय पसलबाट स्लाईस खरिद गरी पिउने क्रममा बोटल भित्र फोहोरका टुक्रा देखेपछि स्लाईसले मानव स्वास्थ्यमाथि खेलबाड गरेको बताए । श्रेष्ठले भने–‘विशेषत बालबालिका माझ लोकप्रिय रहेको स्लाईसको बोटलमा आखाद्य वस्तु भेटिनु दुर्भाग्य हो, हामीले त आँखाले देख्यौं हेरांै र छुट्यौ फोहोर मिसिएको पेयपदार्थ बालबालिकाले सोझै पिय भने उनीहरुको स्वास्थ्यको जिम्मा कस्ले लिने’ श्रेष्ठले प्रश्न गरे ।

बोटलमा अखाद्य बस्तु फेला परेपछि हामीले कम्पनीका प्रतिनिधी अनिता भण्डारीलाई जानकारी 

गराउँदा भण्डरीले भनिन्–‘गाडीमा ढुवानी गर्दा बोटलहरू ठोक्किएर लिकेज हुँदा त्यस्तो देखिएको हुन सक्छ, यस्लाई नै ईसु बनाउने हो भने हाम्रो त केही लाग्दैन ।’ नेपालमा स्लाईसको उत्पादन पेप्सी कम्पनीले गर्दै आएको छ । 

कम्पनीले उत्पादन गरेको स्लाईसलाई बजारमा विक्रिका लागि लगिदा समेत कम्पनीले पिउन योग्य छ छैन भन्ने निक्र्यौल नगरेको पाइएको छ । कम्पनीले गरेकोे यो लापरबाहीको शिकार विशेष गरी बालबालिका र कम दृष्टि भएका मानिसहरूमा पर्न जाने स्थानीय उपभोक्ताहरुको भनाई छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment