नगरको श्रमिक हित व्यवस्थापन समितिद्वारा विभिन्न निर्णयहरू पारित


अनमोल समाचारदाता

पथरी । मोरङ पथरी शनिश्चरे नगरपालिका श्रमिक हित व्यवस्थापन समितिको बैठकबाट तीन निर्णयहरु पारित गरिएको छ । 

आज नगरपालिकाको सभाहलमा पथरी शनिश्चरे वडा नं. १ का अध्यक्ष तथा श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा बसेको बैठकबाट ती निर्णयहरु पारिएको गरिएको हो । 

जसअन्तर्गत श्रमिक सदस्यताका लागि पन्जिकृत भएका सदस्यलाई अनिवार्य श्रमिक सदस्यताको परिचय उपलब्ध गराउने, आधिकारिक ट्रेड युनियन मार्फत् आएका श्रमिकहरुलाई प्रथम चरणमा हालसम्म पन्जिकरण भई सदस्यता भएका श्रमिकहरुलाई असोज मसान्त सम्ममा श्रमिक सदस्यता प्रमाण–पत्र वितरण गर्ने र श्रमिकहरुको वीमा गर्ने विषयमा यस नगर क्षेत्रमा वीमा कम्पनीहरुको अध्ययन गर्ने लगायतको निर्णयहरु भएका छन् । 

बैठकमा सदस्य हरिकुमार सुवेदी, महिला सदस्य मुना राई, सदस्य दोर्णबहादुर खड्का र सदस्य सचिव सुरेन्द्रकुमार राईको उपस्थिति रहेको थियो ।


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment