पथरीशनिश्चरे वडा नं ४ मा जग्गाको नापी कार्य सुरु


 अनमोल समाचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं। ४ मा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरूको प्रथम पटक नापी कार्य सुरुवात गरिएको छ । 

आज वडा नं। ४ को सन्देश चौकबाट पथरीशनिश्चरे नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको हो ।

सो कार्यक्रमको उद्घाटन राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरेले गर्नुभएको हो । 

यसैगरी नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सौहार्दपूर्ण वातावरणमा नापी कार्य सम्पन्न होस् साथै वडावासीको सहकार्यमा जति सक्दो चाँडो कार्य सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता वडाध्यक्ष लोकनाथ न्यौपानेको रहेको थियो । वडा सचिव भावना श्रेष्ठले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा सदस्यहरु र स्थानीय वडावासीहरुको बाँक्लो उपस्थिति रहेको थियो । 

जग्गा नापी कार्य वडा नं। ८ मा केही महिनाअघिदेखि नै सञ्चालन भइरहेको छ भने अन्य वडाहरूमा पनि हुने तयारी भइरहेको नगर प्रमुख तुम्वापाले जानकारी गराउनुभयो । वडामा १ नं। ब्लकबाट जग्गा नापी सुरु गरिएको हो । 

x

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment