सामाजिक सञ्जाल नियमन हुनैपर्छ


सरकारले नागरिक स्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ । यो एकदमै सह्रानीय कार्य हो भन्दा अत्युक्ति नहोला । किनकि सामाजिक सञ्जालले धेरै नै विकृति ल्याएको छ समाजमा ।  समाजका विभिन्न पेशा व्यवसायसँग सम्वन्धित लब्ध प्रतिष्ठित व्यक्तिले समेत तथ्य–प्रमाण विना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न थालेको बुझिएको छ । उक्त  विषयमा सूचना तथा सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यमका जानकारहरूसँग 

परामर्श सुरु गरेको हो । यो मरामर्श गर्न अलि ढिलो गरेपनि एकदमै शुभ कार्य मान्न सकिन्छ । 

केही समयअघि नायिका आँचल शर्मा (दवाडी)ले आफू सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचनाबाट पीडित भएको सार्वजनिक गर्नुपरेको थियो । ‘गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै ‘रियाक्ट’ नगरुँ भन्दाभन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु’, नायिका शर्माले ८ जुलाइमा आफ्नो फेसबुकमा लेखेकी छन्, ‘जस–जसले जसको उक्साहटमा यो सब गरिरहनुभएको छ, तपाईंहरुको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । 

मलाई यातना दिएर सामाजिक सञ्जालमा ‘मेन्टल हेल्थ’को भाषण दिन कृपया बन्द गर्नुस् ।” ‘नेब रिजल्ट एण्ड अपडेट’ नामक फेसबुक पेजमा शर्माले एक पछिल्लो अन्तर्वार्ताका क्रममा निर्देशक दयाहाङ राईबारे अपमानजनक र गालीगलौजपूर्ण भाषा प्रयोग गरेको भनी भ्रमपूर्ण सामग्री पोस्ट गरेको थियो । यी यस्तै विविध कारणले यो कार्य सह्रानीय रहेको छ । 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment