अपाङ्गता भएकाहरूको निरीक्षण एवं परीक्षण


अनमोल समाचारदाता
पथरी । पथरी शनिश्चरे नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूको निरीक्षण एवं परीक्षण गरिएको छ । 
आइतबार नगरपालिकाका उप–प्रमुख देवीमाया काफ्लेको अगुवाईमा अपाङ्गता भएका व्यक्तिहरुको निरीक्षण एवं परीक्षण गरिएको हो । 
वडा नं. ३ का मंगलबहादुर तामाङको नयाँ परिचय पत्र निरीक्षण, वडा नं. २ की समिक्षा राजभण्डारीको परिचय पत्र नविकरणको लागि निरीक्षण, वडा नं. ४ की कृष्णकुमारी संग्रौलाको कार्ड संसोधन, वडा नं. २ को निशा लिम्बुलाई पोषण सहयोग, आइतरानी लिम्बुको पोषणमा सहयोग, नरमाया चौहानलाई इव्रमेटरेस्ट वितरण, वडा नं.२ की इन्दिरा गुरुङको होम भिसिट र वडा नं. २ को युवराज गौतम होम भिसिट साथै घरमा आधारित शिक्षा अन्तर्गत व्याग वितरण गरिएको छ । 
निरीक्षण एवं परीक्षणमा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल, नगर अस्पतालको डाक्टर भेषराज पोखरेल र नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment