उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखमा कार्की र उपमा गौतम









अनमोल समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र  सहायक क्याम्पस प्रमुखमा खेमराज कार्की र अम्बिका गौतमलाई सोमबार पदस्थापना गरिएको छ ।  
खादा र अविर लगाएर क्याम्पस प्रमुख कार्कीलाई माइन्युट लगायतका सामान हस्तान्तरण गर्दै निवर्तमान क्याम्पस प्रमुख बेधराज भट्टराईले आफ्नो कुर्सीमा बसाएर पद हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा समितिका सदस्य एवम् सो कार्यक्रमका सभापति कमल नारायण मल्लिक, सदस्य गोपाल कटुवाल, सदस्य मिलन दाहाल, क्याम्पस प्राध्यापक संघका सभापति हस्त भट्टराई, पूर्व क्याम्पस प्रमुख भीम लामिछाने, स्वबियु सभापति बिबेक कार्की लगायतले शैक्षिक कार्यक्रम सुधारका लागि दत्तचित्तले लाग्न र क्याम्पसलाई सधैं केन्द्रमा राखेर यसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न आग्रह गर्नुभएको छ । 
यसैगरी नवनियुक्त क्याम्पस प्रमुख कार्कीले आफू सहायक भएर जिम्मेवारी निभाएको स्मरण गर्दै ,प्राविधिक विषय, गुणस्तर, प्रविधिसँग अगाडि बढ्ने, सबैको सहयोगको अपेक्षा गरेको, अहिलेको गतिलाई एक इन्च पछाडि नहटी काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यस्तै सहायक क्याम्पस प्रमुख अम्बिका गौतमले क्याम्पसमा सबैको सहयोग रहेको र यसरी मिलेर अगाडि बढिरहने हो भने क्याम्पसले राम्रो फड्को मार्ने बताउनुभएको छ । 


About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment