पथरीमा लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम


अनमोल समाचारदाता
पथरी । पथरीशनिश्चरे नगरपालिकामा एक दिने लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित सोमबार पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती, स्वास्थ्य शाखा संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।
यस्तैगरी वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, १० का वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य र वडा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम लघु उद्यम विकास शाखाकी संयोजक सपना कार्कीले सञ्चालन गर्नुभएको थियो भने सहजीकरण हेमचन्द्र दाहालले गर्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment