मोरङको पथरी शनिश्चरे–१ मा डेरा गरी बस्ने बेसाहारा ८९ वर्षाेय एक वृद्धा रनमाया कार्की उनको नगर अस्पतालको आकस्मिक कक्षमा उपचार गराइएको अवस्था छ । उनीलाई सास फेर्न असहज भएपछि र खाना अरूचिमा समस्या आएपछि नगर अस्पतालमा भर्ना गरिएको अवस्था हो ।
गत चैत महिनादेखि पथरी बजारमा डेरा गदै बस्दै आएकी यी वृद्ध यतिबेला साहारा दिने कोही नभएको अवस्था छ। उनी डेढ बर्ष अगाडि कानेपोखरी गापा– ७ मा बस्दै आएको कुरा हो ।
वृद्ध श्रीमान सहित कानेपोखरीमा बस्दै आएका पथरीशनिश्चरे–५ अवस्थित हसन्दह गाउँको एक विद्यालयमा शिक्षण पेशा गरिरहेका आफ्नै भतिजा चित्रबहादुर कार्कीले हेरचाह गर्न टाढा भएको भन्दै यो दम्पतीको स्वामित्वमा रहेको ६÷७ कट्टा जग्गा पनि बेच्न लगेर झन्डै एक बर्ष पालनपोषण गरेर छोडिदिएको अवस्था पनि बृद्धअवस्थाको जग्गा बिक्री गरी प्राप्त ९ लाख मध्ये ४ लाख रूपैयाँ भतिजा चित्रबहादुरले सापटी पक्की घर बनाएको अवस्था छ । यी वृद्धलाई घरबाट अपमान दुव्र्यवहार भोग्दै कुम्लो –कुटुरो र झिम्टी–झयाम्टा बोकेर बेसाहारा बनेको अवस्था छ ।
यस्ता वृद्धवृद्धालाई अमानवीय ढंगले पैसा लगिदिएर घरबाटै निकाल्नु र अपमान र दुव्र्यवहार गर्नुले मानवीयता माथि नै प्रश्न चिह्न उब्जिएको छ । सम्पत्तिको प्रलोभनमा परी पहिला भतिजाले पाले जस्तो गरी, नाटक मञ्चन गरी पैसा कुम्लाएपछि अपमान र दुव्र्यवहार गरेका छन् । ती वृद्धाको उपचार नगरपालिकाले गरेको छ,यो राम्रो कुरा पनि हो हो । त्यसमा पनि हातखुट्टा नचल्ने,उमेरमै सन्तान भए पनि मरेका वृद्धवृद्धाको उपचार हुनु नसेकोले र स्वयं भतिजाले घरबाट अपमानजनक ढंगबाट निकालिएकोले पनि अहिले ती वृद्धवृद्धा बेसहारा बनेका छन् ।
वास्तवमा, यी वृद्धवृद्धालाई नगरपालिकाले उचित बसोबास र खानपान व्यवस्था गर्न जरुरी छ । उनीहरूको साहारा कोही पनि नभएकोले, यस्ता बेसाहारालाई नगरपालिकाले उचित ढंगबाट सम्बोधन गरी समयमै उचित व्यवस्थापन र वृद्धाको उपचार गर्न जरुरी छ ।

0 Comments:
Post a Comment