डिजेल चोरेर बिक्री गर्ने एक पक्राउ


अनमोल समाचारदाता
पथरी । मोरङको पथरी–शनिश्चरे नगर १ मा अवस्थित पथरी बजारमा स्टेन गरी राखिएको गाडीबाट डिजेल झिकेर बिक्री गर्ने ब्यक्तिलाई सीसी क्यामेरामा रेकर्ड भएको फुटेजको आधारमा पक्राउ भएको छ । 

शुक्रबार बिहान झण्डै ४ बजे ओमसाई आटो दोकान अगाडि (हाइवे छेउ) को १ ख ५९४७ नं. टिपरबाट डिजेल चोरेर बिक्री भएको थियो । ओमसाई आटो स्थानीय शम्भू बुढाथोकीको मोटारसाइकल, कार लगायतको गाडी खरिद बिक्री गर्ने कम्पनी हो । बिक्रीको लागि राखिएको टिपरबाट डिजेल चोरी भएको थियो । 

बिहान ग्राहकलाई देखाउन टिपर स्टाट गर्न खोज्दा डिजेल नभएर स्टाट नभएपछि आफ्नो र बिभिन्न दोकान र बैंकहरुको ५ वटा सीसी क्यामेरामा रेकर्ड भएको फुटेजको आधारमा चोर पत्ता लागेको थियो ।

सीसी टिभी फुटेजमा तेल झिकेर नजिकै मुख्य सडक उत्तरमा पर्ने टायर मर्मत गर्ने शान्त ट्रेडर्स सञ्चालक सन्तविर र छलिमाया गहतराजलाई बिक्री गरेको पत्ता लागेपछि प्रहरीले टिपरबाट डिजेल झिकेर बिक्री गर्ने पथरीशनिश्चरे ६ का २८ वर्षीय सुरेश बुढाथोकीलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका बुढाथोकीसँग हेबी गाडी चालक अनुमति पत्र रहेको बताइएको छ । 

हाइवे नजिकै बिभिन्न गाडीहरूबाट यसैगरी पटक, पटक गरी ३ सय लिटर भन्दा बढी तेल चोरी हुने गरेको शम्भू बुढाथोकीले बताए । 

Advertisement
सुरेश बुढाथोकीले टिपरबाट चोरी गरेको ३० लिटर डिजेल प्रतिलिटर १४० रुपैयाको दरले बिक्री गरेका थिए । पेट्रोल पम्पमा डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्दछ । खुद्रा ब्यापरीले भने उक्त डिजेल लिटरको १८० ले बेच्ने गरेको छलिमायाले बताए । पथरी शनिश्चरे नगरले राखेको सीसी क्यामेरा भने काम नलाग्ने अवस्थामा भएको कारण चोरीको समस्या बढेपनि नियन्त्रणमा समस्या रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 

नगरले बजारको बिभिन्न स्थानमा राखेको सीसी क्यामेरा एक बर्ष नपुग्दै काम नलाग्ने भएपछि चालु मोटरसाइकलबाट सुनको गहना, बोकि रहेको ब्याग चोरेर फरार हुने गरेपनि प्रहरीलाई तत्काल पत्ता लगाउन समस्या भएको छ । चोरीको संख्या बढेपछि इलाका प्रहरी कार्यालयले सकास्पद केही मोटरसाइकसहित चालकलाई नियन्त्रणमा लिएपनि ठोस प्रमाण नहुँदा छाड्नु परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेदप्रसाद गौतमले बताए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment