आफ्नै बुबाको यौन धक्काले बेहोस भएपछि...


अर्जुन जम्नेली राई
मोरङ । सुन्दा निक्कै नै अनौठो लाग्न सक्छ । आफ्नै बाबुको यौन धक्काले छोरी बेहोस भएको खबर सुन्दा । समाजमा कहिलेकाँही यस्तै अनौठो तर सत्य घट्ना भइदिने गर्दछ । 

समाजमा बिरलै हुने यस्ता अपराध घट्नाको अनुसन्धान गरिरहेका छन् मोरङ पथरी शनिश्चरेमा अवस्थित इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम । 

घट्नाको बिबरण सुनाउदै डीएसपी गौतमले भने ‘म हतपत नरुने मान्छे, आफ्नै बाबुबाट बलात्कृत छोरीको बयान सुनेर रुन बाध्य भएँ ।’ ९ वर्षको हुँदादेखि आफ्नै छोरीसँग यौन कार्य गर्दै आएका दुई पत्नीकी पति ४० वर्षीय पुरुषलाई इलाका प्रहरी कार्यालय पथरीले केही दिन अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । छोरी अहिले ११ वर्षकी भइन् । उनले तीन वर्ष अघिदेखि छोरीसँग जबरजस्ती यौन कार्य गर्दै आएको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमको भनाइ छ । 

घट्ना विवरण अनुसार छोरी जन्मेको दुई वर्षपछि छोरीलाई हजुर आमाको साथमा छाडेर श्रीमान, श्रीमती विदेश गएका थिए । विदेशबाट आएपछि छोरीकी आमाले दोस्रो विवाह गरिन् । 

विदेशबाट आएपछि बाबुले ९ वर्षको छोरीलाई फकाई फुलाई लिङ्ग घुसाइ दिए । आमाले दोस्रो विवाह गरेपछि घरमा नातिनी हजुरआमासँग बस्दै आएकी थिइन् । बाबु विदेशबाट आएपछि पहिलो यौन कार्य गरेपछि कसैलाई नभन्नु भनेमा आफूलाई प्रहरीले जेल लाने र हजुरआमाले आत्महत्या गरेपछि एक्लै हुने डर देखाएको बालिकाले प्रहरीलाई बयान दिएकी छन् । 

बाबुको यौन कार्य सहन नसकी बेलाबेला निन्द्रामा झस्किन्थिन् बालिका । कहिले –काँही विद्यालयमा मुर्छा परेर ढल्थिन र बेहोसमा बाबुले, बाबुले भन्थिन् । अनुसन्धानमा प्राप्त जानकारी दिदै डीएसपी वेदप्रसाद गौतमले भने बाबुले कान्छी श्रीमती ल्याएपछि पनि छोरीलाई बलात्कार गर्न छाडेनन् । ती पुरुषको कान्छी श्रीमती पनि दुई जिउकी छिन् ।

छोरी बाबुको यौन पीडा सहन नसकेर भागेर दोस्रो विवाह गरेकी आमाको घरमा गइन् । आमाको घरमा पनि राति निन्द्रा अनि दिउँसै झस्किने गर्थिन् । दोस्रो विवाह गरेकी आमाले विद्यालय छुट्छ घर जाउँ भन्दा मानिनन् । पटक–पटक भन्दा पनि नमानेपछि आमाले फकाएर सोधिन किन घर जाँदैनौं ? त्यसपछि छोरीले सबै कुरा खुलाइन् । 
घर गएमा बाबुले आफूमाथि हुने यौन कार्य सहन नसक्ने बताएपछि घट्ना प्रहरी कार्यालय पुगेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम भन्छन् ‘बालिका त्यो पनि हाडनाता करणी गर्नेलाई २५ वर्षसम्म जेल जानसक्छ ।’ 

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment