प्याव्सनद्वारा इन्टर स्कुल स्पेलिङ कम्पिटिसन


अनमोल समाचारदाता
पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीको आयोजनामा ‘इन्टर स्कुल स्पेलिङ कम्पिटिसन २०७९ सम्पन्न भएको छ ।

शुक्रबार पथरीशनिश्चरेमा स्थापित भूपू सैनिक बोर्डिङ स्कुलमा भएको स्पेलिङ कम्पिटिसनमा प्रथम हाइल्याण्ड बोर्डिङ स्कुल, दोस्रो एभरेष्ट बोर्डिङ स्कुल, तेस्रो सुपर्व मोडल बोर्डिङ स्कुल, चौथो रेडस्टार बोर्डिङ स्कुल, पाँचौ प्याराडाइज बोर्डिङ स्कुल र छैटौ न्यू पेगोडा बोर्डिङ स्कुल र हसन्दह डनवस्को बोर्डिङ स्कुल भएका छन् ।

पथरीशनिश्चरेका यी ७ वटा बोर्डिङ स्कुलहरुले यही भदौ १५ गते विराटनगरमा हुने जिल्ला स्तरीय स्पेलिङ कम्पिटिसनमा भाग लिन पाउने प्याव्सनका नगर कमिटी अध्यक्ष सुरेन्द्र लिम्बुले जानकारी गराए ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment