अवैध हतियारका कारोवार गर्नेहरू पक्राउ


अनमोल समाचारदाता
मोरङ । भारतको विहार र उत्तर प्रदेशका विभिन्न नदीहरूबाट अवैध रूपमा बालुवा निकालेर बेच्ने तस्करहरूको गिरोहले अवैध हतियारको पनि कारोबार गर्ने गरेको रहस्य खुलेको छ ।

उनीहरूको सम्पर्क नेपालसम्म पनि रहेकाले अवैध हतियार नेपाल ल्याउने गिरोहको उनीहरूसँग पनि सम्पर्क रहने गरेको रहस्य खुलेको हो । तर नेपाल ल्याएर बिक्री गर्ने हतियार भने ठूला नभएर साना खालका रहने गरेका छन् ।
विहारको आरा जिल्ला अन्तर्गतका नदीहरूबाट अवैध रूपमा बालुवा निकालेर बेच्ने गिरोहको नाइके शुभम सिंहलाई भारतीय प्रहरीले तीन दिन अगाडि उत्तर प्रदेशको सुल्तानपुरबाट पक्राउ गरेको थियो । केही दिन पहिले दिल्लीको आनन्दविहार बस पार्कबाट ठूलो परिणाममा वरामद भएको कार्तुस शुभम सिंहको भएको भारतीय प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । शुभम् सिंहले हालै मात्र ६ थान राइफल खरिद गरेको थियो ।

उत्तराखण्डबाट आयात गरेको कार्तुस र राइफल विहारसम्म आपूर्ति हुने गरेको छ । त्यही आपराधिक गिरोहले साना हतियार नेपालमा पनि बिक्री गर्ने गर्दछ । अवैध रूपमा नदीबाट बालुवा निकालेर बेच्नेहरूका लागि ‘ग्याङ वार’ गर्न हतियारको आवश्यकता पर्दछ त्यसैका लागि उनीहरूले ठूलो परिमाणमा हतियार झिकाउँछन् र आफूलाई चाहिने भन्दा बढी हतियार बेच्ने गर्दछन् ।

यिनीहरूले मगाउने हतियारमा विशेष गरेर कार्वाइन, अटोमेटिक पेस्तोल, रिवल्वर, डबल व्यारेल गन, सिंगल व्यारेल गनलगायत पर्दछन् । आवश्यकता अनुसार विभिन्न खालका हतियारहरू उत्तराखण्ड देहरादूनका परीक्षित नेगीसँग सिधा सम्पर्क र उसै मार्फत हतियार आयात गर्ने गरेको छ ।

अवैध हतियार उत्तरा खण्डको बसपार्कबाट दिल्लीको आनन्दविहार बस पार्कमा पु¥याउने गरिएको छ । त्यहाँबाट उत्तर प्रदेशको लखनऊ हुँदै जैनापुर, सुल्तानपुर आदि ठाउँमा पु¥याएर शुभम सिंहले दिने गरेको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बालुवा तस्कर शुभम सिंह १७ वर्षको उमेरदेखि नै यो धन्दामा संलग्न व्यक्ति हो । उसले बालुवा उत्खनन् धन्दामा लागेपछि मेरठको अनिल बाल्यान मार्फत् देहरादूनसम्म आफ्नो सम्पर्क विस्तार गरेको हो । भारतीय प्रहरी स्रोतका अनुसार परीक्षित नेगी र अनिल बाल्यानका साथमा अजमल, राशिद, सद्दाम, कमरान र नासिर संलग्न छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सिक्टीको सशस्त्र प्रहरी गस्ती टोलीले पक्राउ गरेको आरिफ आलमको पनि भारतको दिल्लीसम्मको सम्पर्कबाट अवैध हतियार कारोबार हुनेगरेको खुलेको छ ।

आरिफको कनेक्सन दिल्लीतिरै रहेको पाइएकाले शुभम सिंहको गिरोहसँगै सम्पर्क रहेको हुन सक्छ । आरिफको ग्याङमा पनि सात जना संलग्न रहेको खुल्न आएको छ । सशस्त्र प्रहरीले गत आइतबार साँझ पक्राउ गरेको आरिफको कनेक्सन कहाँसम्म रहेको छ भनी प्रहरीले अनुसन्धान गर्नै बाँकी छ । तर सो विषयमा नेपाल प्रहरीले मिहिन ढंगले अध्ययन ग¥यो भने अवैध हतियारको धन्दाको धेरै भेद खुल्न सक्ने देखिन्छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment