मेची सहकारीको पथरी सेवा केन्द्रको वार्षिकोत्सव तथा साधारणसभा


अनमोल समाचारदाता
पथरी । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले सोमबार इकाई पथरी सेवा केन्द्रको वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । 

पथरीशनिश्चरे २ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको हो । संस्थाले ११ करोड ९८ लाख २९ हजार ३ सय ८८ रुपैयाँ नाफा सहित २८ औं साधरणसभा गर्ने तयारी गरेको छ ।

१२ वटा सेवा केन्द्र सहित सञ्चालनमा रहेको यस सहकारी संस्थाले पथरी सेवा केन्द्रमा अन्तिम कार्यक्रम सम्पन्न गरेको थियो ।

यही भदौ ११ गते संस्थाले रक्तदान तथा चेतनामुलक कार्यक्रम गर्ने भने १२ गते इकाई स्तरको निर्णय प्रमाणिकरण साधरणसभा सम्पन्न हुने बताइएको थियो । 

आर्थिक वर्ष २०७८/०७९ को कारोबार अनुसार १३ हजार ३ सय १८ जना शेयर सदस्य रहेको यस संस्थाको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८ सय रहेको छ भने जगेडा कोष तर्फमा १ करो ४७ लाख ५९ हजार ९ सय ६९ पैसा अन्य कोषतर्फ ११ करोड ६३ लाख ७३ हजार ४ सय ६८ हजार ५७ रुपैयाँ रहेको छ ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment