नाग पञ्चमी


– कृष्णप्रसाद अधिकारी
“अनन्तो वासुकी पदम, यहाँ पदम तक्षक
कुल्वी र कर्कट शंख चाष्टै नांग प्रकिर्तिनाम”

सगरमाथा हिमालको दक्षिणतर्फ अवस्थित हाम्रो देश नेपालमा विविध जात वर्ग समुदायहरुको वसोवास रहेको छ । वर्ग र जाति अनुसार विभिन्न प्रकारका चांडपर्वहरु मनाउने गारिन्छ । जसमध्ये श्राउण शुक्लव पञ्चमीका दिन विशेष धुमधामका साथ पर्व मनाइन्छ । उक्त पर्व नागपञ्चमी हो । सो दिन नागहरुको पूजा अर्चना गरिन्छ । यस दिन विहान सवेरै स्नान गरी नागको चित्र बनाई अनन्त, वासुकी, पदम, तक्षक कुलिक, कर्कट आदि नाम गरेका नागहरुलाई आवहन गरिन्छ । नागको पूजा गर्नका लागि नागपते इद आगच्छ, इद निष्ठम यावत पूजा करोगी तावत सुस्तीर भवः भनेर दूवो, अक्षता, चन्दन, दीप, कलस राखी गणेश पूजा गारि गोवरको नाग बनाई नागको मान चित्रमा दही दुवो, कुश, सिन्दुर, अक्षता, चन्दन पुष्प आदिले पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन । सोही दिन नागको पूजा गरेमा अग्नि चट्याङको भय प्रक्रोप नहुने तथा मुलुकमा सुख शाक्ति समृद्धि र जन कल्याण हुने जनविश्वास रही आएको छ । 

एउटी किसानकी छोरीले प्रतिशोध लिन आएकी नागिनीलाई प्रसन्नपारी आफना माता पिता तथा दाजुभाइको प्राण वचाएको धार्मिक विश्वास रही आएको छ । नागहरु वर्षाका कारण र जलस्रोतका संरक्षक मानिन्छन् । पूजा पश्चात नागको प्रार्थाना मन्त्र

“अस्तिकस्य भुनेर्मात खगदानन्द कारिणी

एतेही मनसे देवी नागमाता नमस्तुते” 

४ युगहरु जस्तै–सत्य, त्रेता द्धापर, कलि मछै त्रेता युगको केही काल पश्चात मञ्जु श्री वोद्यिसत्यवा चिन देश बाट स्बयम्भु ज्योतीको दर्शन गर्न भनि नागदहको तटमा आए । तिनरात महामण्डपमा निवास गरी स्वयम्भूको दर्शन गरी सके पछि उनको विचार नाग दहको जल बाहिर निकाल्ने भयो । उक्त विचारलाई आफना दुई शाक्ति मध्ये वरदा र मोक्षदा जसमध्ये बरदा लाई फुलोच्च गिरीमा र मोक्षदालाई ध्यानोच्य गिरीमा स्थापित गरी मञ्जु श्री स्वयं महामण्डप देखि दक्षिणको एउटा पर्वतमा गइ बसे । तदन्तर मञ्जु श्री ले नाग दहलाई घेर्ने पर्वत मालाको निरीक्षण गरी कटुवाल नामक स्थानमा आफनो खडगले काटेर जल निस्कने बाटो बनाए । वर्तमान वागमती निस्केन यस द्धार बाट वेग साथ जल निस्कदा नागहरुको अद्यिपति कर्कट नागलाई पनि अन्यत्र जान लागेको देख्दा यसले अनर्थको सम्भावना देखि मञ्जु श्री ले उनलाई आग्रह साथ टौदह नामक जलाशयमा बास वस्न आग्रह गरी नागहरुमा भएको सम्पूर्ण वैभवको स्वामी बनाए भन्ने ऐतिहासिक कथन रहेको छ । 

नगपञ्चमीका दिन नागहरु, नागवोखरी टौदह आदि स्थानहरुमा जनसमुदायहरु भेला भई नागको चित्र राखी विधि पूर्वक पूजागरी नागको कथा सुन्ने सुनाउने पढने आदि काम गर्ने गरिन्छ साथै उक्त स्थानमा मेला लाग्ने धेरै पहिले देखि नै चलन रही आएको छ । १२ महिना ६ ऋतु मध्ये साउन र भदौ महिना वर्षा ऋतु हुन, जुन ऋतु नाग राजाहरुका लागि महवपूर्ण ऋतुहरु पर्दछन् । 

स्मरणरहोस – नागको पूजा गर्दा शिवजीको पूजा छुटाउनु हँुदैन । 

नाग भगवान शिवजीका संरक्षक हुन् ।

”म¥दार माला कुलिता लकायौ, कपालमालाङकित शेखराय

दिव्याम्बरायौव दिगंवराय नमः शिवायै च नमः शिवाय ।”

– पथरी शानिश्चरे–३, पीपलचोक मोरङ

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment