नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन


अनमोल समाचारदाता
पथरी शनिश्चरे । इलाका प्रहरी कार्यालय पथरीको नव निर्मित कार्यालय प्रमुख निवासको समुद्घाटन गरिएको छ । 
आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यमा सो नव निर्मित कार्यालय प्रमुख निवासको उद्घाटन गरिएको हो । एक तल्ला ४ कोठे निवासको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको विशेष सहयोग र्निाण गरिएको हो । 
इप्रका पथरीको परिसरमा निर्माण गरिएको सो भवन निर्माण समितिका अध्यक्ष रुपनारायण भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम र पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी सो निवास निर्माणमा सहयोग गर्ने संघ संस्था र व्यक्तिहरूलाई प्रमुख अतिथि खापुङले प्रशंशा पत्र तथा कदर पत्र वितरण गर्नुभएको थियो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment