अनमोल समाचारदाता
पथरी शनिश्चरे । थारु कल्याणकरिणी सभा पथरी शनिश्चरे नगर समितिको आयोजनामा थारु जातिले जितिया पर्व धुमधामका साथ मनाएका छन् ।
आइतबार वडा नं. ८ मा अवस्थित सोमबारे बजारमा जितिया पर्व विशेष अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरी पर्व भव्य रुपमा मनाइएको हो ।
साँस्कृतिक कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी विशिष्ट अतिथि उप–प्रमुख देवीमाया काफ्ले रहनुभएको थियो । नगर विभिन्न वडा, छिमेकी पालिका, झापा र सुनसरीबाट थारु भेषभूषा र भाषाको गीतमा आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उपप्रमुम देवीमाया काफ्ले, वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम लगायतले शुभकामना मन्तवय राख्नुभएको थियो ।

0 Comments:
Post a Comment