सहिद रत्न बोटानिकल पार्कको संरक्षण तथा घेराबारा


अनमोल समाचारदाता

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित सहिद रत्न बोटानिकल पार्कलाई नगरपालिकाद्वारा संरक्षण तथा घेराबारा निर्माण कार्य भइरहेको छ ।
नगरको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नगरपालिकाको आन्तरिक स्रोतबाट सो पार्कको घेराबारा निर्माण कार्य भइरहेको छ ।
आर्थिक वर्ष २०८०/ ८१ मा कूल ४१ लाख ९७ हजार ४ सय ५५ रुपैयाँ लागतमा संरक्षण तथा घेराबारा निर्माण कार्य सुरुवात गरिएको हो । यस कार्यलाई क्रमैसँग अगाडि बढाउँदै लगिने नगरका प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

About Anmolmany Weekly

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 Comments:

Post a Comment